नेपाललाई यूएईको प्रतिस्पर्धात्मक लक्ष्य

सफल खबर संवाददाता

सोमबार, ०६ कार्तिक २०८०, १३ : २७
नेपाललाई यूएईको प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं । त्रिकोणात्मक टि२०आई सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा पाहुना टोली यूएईले नेपाललाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको यूएईले २० ओभरमा ७ विकेट गुमाउँदै १६४ रन बनाएको छ ।

यूएईका लागि बसिल हमिद र वृत्य अरविन्द दुवै अर्धशतक बनाउन ५ रनले चुके । उनीहरुले समान ४५/४५ रनको योगदान गरे । कप्तान मुहमद वसीमले ८ रन, खालिद शाहले १२ रन बनाउँदा आसिफ खानले १८ रन, आलिशान सराफुले ९ रन, नसिर अलीले ९ रन, अकिफ राजाले ५ रन र निलांश केश्वनीले ८ रन बनाए । 

नेपालका लागि सोमपाल कामी र अभिनाश बोहोराले २/२ विकेट लिँदा गुलशन झा र करन केसीले समान एक/एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस