एजेन्सी । इजरायलले गाजा पट्टीमा आक्रमणलाई तिव्रता दिने बताएको छ ।
इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले गाजा स्ट्रिपमा हमासलाई निशाना बनाएर आक्रमण गर्ने क्रम पहिलेको भन्दा बढी हुने बताएका छन् ।
उनले गाजा सहरमा बसोबास गर्ने मानिसहरूलाई यी आक्रमणहरूबाट बच्न दक्षिणतिर जान आग्रह गरेका छन्।
यससँगै सेनाले गाजामा पर्चा पनि खसालेको छ । यसमा लेखिएको छ कि उत्तरमा बसोबास गर्ने मानिसहरू हमासको सहयोगीका रूपमा देख्न सकिन्छ।
अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्यो, जसमा १४०० भन्दा बढी मानिस मारिए।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गाजामा द्वन्द्व सुरु भएदेखि अहिलेसम्म ४ हजारभन्दा बढी मानिसको मृत्यु भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ कार्तिक २०८०, ०९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति
तेहरानमा इजरायली आक्रमणबाट १२ जनाको मृत्यु
वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ
भन्सार छलीका सामान छापा मार्न गएको एपीएफको टोलीमाथि आक्रमण, ३ जना घाइते
फुटबल मैदानमा बन्दुकधारीको आक्रमण : ११ जनाको मृत्यु
अमेरिकी सेनाले सिरियामा गर्यो आईएसविरुद्ध ‘ठुलो आक्रमण’