क्यान्सर पीडितहरूलाई सहयोग गर्नु सामूहिक दायित्व : प्रमुख रेनु दाहाल

सफल खबर संवाददाता

शनिबार, ०९ भदौ २०७५, १२ : ४४
क्यान्सर पीडितहरूलाई सहयोग गर्नु सामूहिक दायित्व : प्रमुख रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले क्यान्सर पीडितहरुलाई सहयोग गर्नु सामूहिक दायित्व रहेको बताउनुभएको छ ।  नेपाल अबुर्द रोग निवारण संस्था चितवन शाखा २१ आंै वार्षिक साधारण सभामा महानगर प्रमुख रेनु दाहालले भयावह बनिरहेको क्यान्सरको रोकथाम, निदान र नियन्तरणमा सबैले सामूहिक चासो हुनुपर्ने बताउनुभयो । एसियाकै उत्कृस्ट बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको क्षमता विस्तार गरी सबै प्रकारका क्यान्सरका बिरामीहरूलाई सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्न आफू कृयाशील रहेको बताउनुभयो । 
क्यान्सर रोग, यसले दिने पीडा आफू र आफ्नो परिवारलाई राम्रो अनुभूति  भएको बताउँदै क्यान्सरका बिरामीहरूलाई सेवा र सहयोग गर्न पाउँदा आफूलाई खुसी अनुभुति हुने उहाँको भनाइ थियो । प्रमु रेनु दाहालले भरतपुर महानगरपालिकाले बीपी कोइराला मेमोरियल  क्यान्सर अस्पताललाई क्यान्सर प्रतिष्ठानको रूपमा विकास गरी क्यान्सरका सबै प्रकारका बिरामीहरूलाई सर्वसुलभ उपचारको व्यवस्था मिलाउन नगरपरिषदबाट निर्णयसमेत गरी अगाडि बढिरहेको बताउनुभयो ।

प्रमुख दाहालले अबुर्द रोग निवारण संस्था चितवनले क्यान्सरसम्बन्धी सचेतना, क्यान्सर परीक्षण र उपचारको साथै बिरामी कुरूवा घरसमेत संचालन गरेकोमा सस्थालाई धन्यवाद व्यक्त गर्नुभयो । 
‘म बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समिति सदस्य  पनि हुँ क्यान्सर अस्पतालमा बिरामीहरूले पाउने गरेका सेवासुविधा र यसको विकास र विस्तारका लागि सधँै लागिपर्ने छु’ उहाँले भन्नुभयो । अबुर्द रोग निवारण संस्था चितवनसँग क्यान्सर रोगसम्बन्धी सचेतना, क्यान्सर रोगको पहिचानका लागि परीक्षण र बिरामीहरूलाई सुविधाका लागी सहजीकरण गर्न भरतपुर महानगरपालिका सधैँ तयार रहेको भन्दै अबुद्र्ध रोग निवारणमा संलग्न अभियान्ताहरूको संस्थाको २१ औ वार्सिक साधारणसभाको शुभकामना ब्यक्त गर्नुभयो ।

प्रमुख दाहालले भरतपुर महानगरपालिका  दिगो र आत्मनिर्भर विकासको लक्षसहित अगाडि बढिरहेको बताउँदै सुधार बिस्तार र पुनर्निर्माणको काम अगाडि बढिरहेको वताउनुभयो । उहाँले विकास सामूहिक प्रतिबद्धता र दृढ इच्छाशक्तिले मात्र सम्भव हुने बताउँदै आफ्नो स्वार्थ भरतपुर महानगरपालिकाको विकास गर्ने मात्र हरेको बताउनुभयो । 
प्रमुख दाहालले ठूला रिङगरोड, लिंड्करोड, पुलचोक गोन्द्राङ ६ लेनको स्तरोन्नती देवघाटमा विद्युतीय शव दाहगृह सिटीहल बस पार्कको स्तरोन्नती मनोरम पार्कहरूलगायत महत्वांकाक्षी योजनाहरू अगाडि सारेको बताउँदै यसलाई आफ्नै कार्यकालमा पूरा गरेरै छाड्ने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि चितवनका प्रजिअ जितेन्द्र बस्नेतले क्यान्सर अस्पतालले प्रवाह गरिरहेका सेवा सुविधामा केही गुनासाहरू रहेको भन्दै त्यसलाई व्यवस्थित बनाउन आफूले पहल लिइरहेको बताउँदै अबुर्द रोग निवारण संस्थाले क्यान्सर रोगको रोकथाम, निदान र सचेतनाको क्षेत्रमा खेलेको भूमिकाबारे प्रशंसा ब्यक्त गर्दै यस कार्यलाई सबैसँग सहकार्य गरेर अगाडि बढ्न आग्रह गनुभयो ।

कार्यक्रमका अध्यक्षता तथा संस्थाका अध्यक्ष दिनेशकुमार चुकेले अबुर्दरोग निवारण संस्थाले हालसम्म अबुर्द रोग निवारणको क्षेत्रमा भए गरेका कामहरूको बारेमा जानकारी गर्नुभयो ।
रोटरी सामुदायिक भवन गणेस्थान भरतपुर ११ मा भएको कार्यक्रममा कोषाध्यक्ष ऋतु गिरीले वार्सिक आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो । 
रोटरी क्लब चितवनका अध्यक्ष कपिलबाबु खनाल उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले मन्तव्य दिएका थिए । सो अवसरमा क्यान्सर पीडित कल्पना प्रधानलाई उपचारमा सहयोग पु¥याउन नगद २० हजार आर्थिक सहयोग प्रधान गरिएको थियो । अबुर्द रोग निवारण सस्थालाई आर्थिक सहयोग गर्ने चन्दादाताहरू बाबुराम अधिकारीलगायतलाई सम्मान गरिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस