बस र ट्रक जुध्दा चितवनमा २८ जना घाइते

शनिबार, ०९ भदौ २०७५, १० : ४७
बस र ट्रक जुध्दा चितवनमा २८ जना घाइते

चितवन  । नारायणगढ मुग्लिन सडक खण्डमा आज बिहान बस र ट्रक ठक्कर खाँदा २८ घाइते भएका छन् । दाङबाट काठामाडौँ जाँदै गरेको ना७ख ७३३५ नं. को बस र मुग्लिनबाट नारायणगण आउँदै गरेको ना५ख ४७०४ नं. को ट्रक दासढुङ्गामा बिहान ६ः३० बजे जुधेकोे थियो ।
बसमा रहेका घाइतेमध्ये २४ को पुरानो मेडिकल कलेजमा र चारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रक चालकलाई जुगेडीस्थित प्रहरी चौकीमा नियन्त्रणमा राखिएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस