काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्न काठमाडाँै महानगरले सरेकारवाला निकायसँग छलफल गरी प्रतीवद्धता जारी गरेको छ । काठमाडाँैमा बिकराल रुप लिँदै गएको फोहोर मैलालाई व्यवस्थापन गर्न महानगरले फोहारमैला व्यवस्थापन र विद्यमान ऐन कार्यनवयन बिषयक कार्यसालाको आयोजन गर्दै आवश्यक प्रतिवद्धता जारी गरेको छ ।
प्रतीवद्धता पत्रमा घरायसी फोहोरलाई व्यक्तिगत तवरवाटै व्यवस्था गर्ने, नेपाल सरकारले तोकेको मापदण्ड अनुसार पाल्स्टीक नियन्त्रण गर्ने, फोहोर मैला व्यवस्थापन ऐन २०६८ ले निर्दिष्ट गरे अनुसारको कुहिने नकुहिने फोहोर छुट्याउने, जस्ता प्रवधान उल्लेख छन् । कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले प्रतीबद्धता पत्रले सर्वसाधारणलाई झकझकाउने काम गर्ने बताउनुभयो । सर्वसाधारणले यसलाई व्यवहारमा नउतार्दासम्म फोहोरको समस्या समाधान नहुने उहाँले बताउनु भयो । उहाले फोहोर व्यवस्थापनमा सबैले स्वामित्व गर्न सक्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस