बेइजिङ । चीनका राष्ट्रपति सि जिनपिङले इजिप्टका प्रधानमन्त्रीसँग बिहीबार मध्यपूर्वमा ‘अधिक स्थायित्व’ ल्याउन आफ्नो मुलुकले इजिप्टसँग मिलेर काम गर्ने अपेक्षा गरेको बताएका छन् ।
‘चीन इजिप्टसँग सहयोग बढाउन तथा मध्यपूर्व र विश्वमा अधिक निश्चितता र स्थायित्व ल्याउन इच्छुक छ’ बेइजिङमा राष्ट्रपति सिले इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीसँगको भेटमा भन्नुभएको भन्दै सरकारी प्रसारक सिसीटिभीले जनाएको छ ।
‘चीन र इजिप्ट असल मित्र हुन् जसको लक्ष समान छ र एकआपसमा विश्वास गर्छन् । विकास र साझा समृद्धिका लागि हातमा हात मिलाएर काम गर्ने असल साझेदार हुन् । सि’को भनाइ उद्धृत गर्दै सिसीटिभीले भनेको छ, ‘वर्तमानमा अन्तर्राष्ट्रिय र क्षेत्रीय परिस्थिति गहिरो र जटिल परिवर्तनबाट गुज्रिरहेको छ र विश्वले एक शताब्दीदेखि नदेखिएको तीव्र परिवर्तनको अनुभव गरिरहेको छ ।’
सिले अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायका साथै विकासशील मुलुकहरूको समान हितको रक्षा गर्न बेइजिङ कायरोसँग मिलेर काम गर्न इच्छुक रहेको पनि बताए ।
इजराइल र हमासबीच यसै महिना युद्ध सुरु भएयता इजिप्टले गाजापट्टीसँगको आफ्नो सीमालाई प्राय बन्द गरेको छ । गाजामा मानवीय स्थिति लगातार दयनीय बन्दै गएको छ । तर कायरोले बिहीबार रफाह क्रसिङमार्फत मानवीय सहायताका लागि ‘दिगो’ मार्ग दिने बताएको छ ।
आगामी वर्षदेखि इजिप्ट उदीयमान अर्थतन्त्रहरूको समूह ब्रिक्सको औपचारिक सदस्य बन्ने भएसँगै हालैका महिनामा चीन र इजिप्टबीचको सम्बन्ध मजबुत हुँदै गएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०२ कार्तिक २०८०, १४ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल