कञ्चनपुर । कञ्चनपुर प्रमुखको जिम्मेवार लिएका प्रहरी उपरीक्षक कुबेर कडायतले निर्मला हत्या प्रकरणमा सबैको सुझाव लिएर नयाँ शिराबाट अनुसन्धान गर्ने बताएका छन् ।
शुक्रबार बिहान कञ्चनपुरमा कफ्र्यु हटेपछि प्रहरी उपरीक्षक कडायतले घटनालाई उच्च प्राथमिकता दिएर निर्मला हत्या प्रकरणलाई नयाँ ढंगबाट अनुसन्धान गर्ने बताए । उनले पीडित परिवार तथा आन्दोलनमा उत्रेका स्थानीयहरुलाई आश्वास्त पार्दै निर्मला हत्या प्रकरणमा उचित एउटा विन्दुमा पुगिने बताए ।
आन्दोलनमा उत्रेका स्थानीयले नयाँ शिराबाट अनुसन्धान गर्न माग गरेपछि प्रमुख कडायतले उनीहरुको भनाइअनुसार नै अगाडि बढ्ने बताए । घटनाको २५ दिनपछि प्रहरीले निर्मला हत्या प्रकरणमा मानसिक सन्तुलन गुमाएका दिलिपसिंह विष्टलाई मुख्य दोषी भन्दै सार्वजनिक गरेपछि आन्दोलनले उग्ररुप लिएको थियो ।
प्रतिक्रिया दिनुहोस