काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको ऋण भुक्तानी गरेको छ । एयरलाइन्सले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबडी जहाजको आश्विन महिनाको किस्ताबापत पुरा र दुई वाइडबडी जहाजको आंशिक गरी मंगलबार जम्मा त्रिपन्न करोड नौ लाख पचपन्न हजार दुई सय एकासी रुपैयाँ रकम भुक्तानी गरेको हो । यस अघि निगमले २०७९ आषाढ देखि २०८० आषाढ सम्मको अवधिमा ३ अर्ब ७७ करोड ३८ लाख २१ हजार १२५ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको थियो ।
निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात् व्यापार विस्तार तथा आम्दानी विगत वर्षमा भन्दा सुधार हुँदै गएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नगद प्रवाहमा सुधार भए पश्चात् प्रमुख इन्जिन मर्मत खर्च, नियमित तथा आकस्मिक रूपमा हुने जहाज मर्मत सम्भार खर्च समेत व्यहोरी विभिन्न निकायहरूमा रहेका पुराना बक्यौता रकम समेत आफ्नै स्रोतबाट भुक्तानी गरी नियमित गरिएको निगमको भनाइ छ ।
यसका अतिरिक्त तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै दुर्गम क्षेत्रमा उडान भर्ने ३ वटा साना जहाज आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार प्रक्रिया पूरा गरी निर्माता कम्पनीसँग खरिद गर्ने कार्य योजना समेत अन्तिम चरणमा पुगेको प्रवक्ता रमेश पौडेलले जानकारी दिए । निगमले नयाँ ३ वटा जहाज खरिद गरेपश्चात् नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुहरूलाई सेवा दिन सकिने, पर्यटन प्रवर्द्धन हुने, भाडा दरमा सन्तुलन कायम हुने र निगमको सेवा प्रभावकारी हुने विश्वास रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ कार्तिक २०८०, १६ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पश्चिम एसियामा रहेका नेपालीको उद्धारका लागि आजदेखि नेपाल एयरलाइन्सको विशेष उडान
नेपाल एयरलाइन्सले सुरु गर्यो सुर्खेत सिमकोट उडान
नेपाल एयरलाइन्सद्वारा दमाम र दोहा उडान स्थगित
नेपाल एयरलाइन्सको महाप्रबन्धक पदमा १६ जनाको आवेदन
नेपाल एयरलाइन्सको ट्वीनअटर विमान मर्मतपछि व्यावसायिक उडानमा
नेपाल एयरलाइन्सले आज भैरहवामा उद्धार उडान गर्दै