काठमाडौँ । नेकपा एमाले कोशी प्रदेश संसदीय दल नेता हिक्मत कार्कीले नेकपा माओवादी केन्द्रले कुरा नसुनेपछि मुख्यमन्त्री बनाउन नेपाली काँग्रेसका विद्रोही सांसदहरूलाई साथ दिइएको बताएका छन्।
बुधबार मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभामा विश्वासको मतको प्रस्ताव पेश गरेका छन्। प्रदेश सभामा बोल्दै एमाले संसदीय दल नेता कार्कीले नयाँ निकास निकाल्ने क्रममा काँग्रेसका कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरिएको बताए।
‘काँग्रेस संस्थापन पक्षले हामीसँग सहकार्य गर्न चाहेन। माओवादीले पनि हाम्रा कुरा सुनेन। त्यसैले काँग्रेसका विद्रोहीलाई साथ दिएका हौँ,’ उनले भने, ‘गठबन्धनले सङ्घीयतामाथि प्रहार गर्दै माथिबाट अमुक व्यक्तिलाई मुख्यमन्त्री तोकेपछि हामी विक्षिप्त भयौँ। त्यसैले काँग्रेसका कार्कीलाई समर्थन गरिएको हो।’
काँग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा केदार कार्की मुख्यमन्त्री बनेका थिए। ‘केही साथीहरूले यहाँ कुण्ठा पोख्नुभएको छ। यो जरुरी पनि छैन। यो परिस्थिति कसले बनायो ?,’ उनले प्रश्न गरे, ‘एमालेले गलत गरेको छैन।’
उनले कोशीमा विगत १० महिनादेखि सरकार बनाउने काम मात्रै भइरहेको बताए। ‘अब त्यस्तो स्थिति आउँदैन,’ उनले भने, ‘मध्यावधिमा जाने जनताको चाहना छैन। यो कुरा चुनावमा जान डराएर हामीले भनेको होइन,’ उनले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ कार्तिक २०८०, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह