८ भाइ युद्ध जितेर माला लाएर घर आए, हामीले गाला जोडिसक्यौं : उद्वव थापा

सफल खबर संवाददाता

बुधबार, ०१ कार्तिक २०८०, १४ : ५८
८ भाइ युद्ध जितेर माला लाएर घर आए, हामीले गाला जोडिसक्यौं : उद्वव थापा

विराटनगर । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेश सरकारको मुख्यमन्त्री बनाउने म्युजिकल चेयरको खेल सकिएको बताएका छन् । केदार कार्कीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि भनाइ राख्दै उनले कांग्रेसका ८ भाइ सांसदहरूले मुख्यमन्त्री बन्न झगडा गरेको बताए । मुख्यमन्त्री बन्न झगडा गरेर कुण्ठा पोखेको र युद्धमा गएको भन्दै उनले युद्ध जितेर घर आएकाले गला मिलाएको टिप्पणी गरे ।

थापाले भने, ‘युद्धमा गएका साथीहरू जितेर माला लाएर फर्किसक्नु भो त्यसैले हामीले गलामात्र नभएर गाला पनि मिलाइ सक्यौं ।’ उनले गाला जोडाउने कला एमालेसँग सिकेको बताए । एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेकाले अब सबै मिलेर प्रदेशलाई प्रगतिको बाटोमा लैजानुपर्ने उनको भनाइ थियो ।

नामकरणलाई लिएर पहिचानको मुद्दा जीवित रहेकाले सरकारले वार्ताबाट समाधान गर्नुपर्ने उनको जोड छ ।

प्रतिक्रिया दिनुहोस