उदयपुर। उदयपुरमा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ५ श्रीपुरका ३२ वर्षीय पिटर राई रहेका छन् । उनलाई ३० वर्षीया छविमाया राईको हत्या गरेको अभियोगमा मंगलवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पिटरले सामान्य घरायसी विवादमा खाना पकाउने कुकर प्रहार गर्दा छविमाया गम्भीर घाइते भएकी थिइन् । उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको सूचना पाएलगतै जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ कार्तिक २०८०, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ