काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले फूल, माला र खादाको प्रयोग गरी समय, शक्ति र सम्पत्ति खेर नफाल्ने बताएका छन् । बुधबार बिहान भोजपुर जान लागेको जानकारी गराउँदै उनले आफ्नो सम्मान र सुरक्षाको लागि प्रहरीको पहरा, फूल, माला र खादाको प्रयोग नगर्ने घोषणा गरेको स्मरण गराएका हुन्।
उनले आफूलाई प्रमुख अतिथिका रुपमा निम्तो दिइएको कार्यक्रममा मञ्चमा नबसी सहभागीसँगै बस्ने प्रतिबद्धता व्यक्त गरे। उनले सामाजिक सञ्जालमार्फत भने, ‘कार्यक्रम जुन विषय र क्षेत्रसँग सम्बन्धित हुन्छ, सोही क्षेत्रका अग्रज प्रमुख अतिथि हुनुहुनेछ, म विशेष अतिथि मात्र हुनेछु।’
मन्त्री किरातीले आफ्नै तस्बिर राख्दै माला पैरेर के मानिस भगवान बन्न सकिन्छ भन्दै प्रश्न समेत गरे।
यस्तो छ उनको भनाई
आजबाट गृह जिल्ला भोजपुर जाँदै छु।
मैले सुरुमै घोषणा गरिसकेको छु- मेरो सम्मान र सुरक्षाको लागि प्रहरीको पहरा, फूल, माला र खादाको प्रयोग गरी समय, शक्ति र सम्पत्ति खेर नफालौं। यसपटक अर्थात् आजको मितिबाट सार्वजनिक कार्यक्रमसम्बन्धी मेरा निम्न शर्तहरु छन् :
१. मलाई प्रमुख अतिथिका रुपमा निम्तो दिइएको कार्यक्रममा म मञ्चमा होइन, सहभागीहरुसँगै बस्ने छु।
२. कार्यक्रम जुन विषय र क्षेत्रसँग सम्बन्धित हुन्छ, सोही क्षेत्रका अग्रज प्रमुख अतिथि हुनुहुनेछ, म विशेष अतिथि मात्र हुनेछु।
पोष्ट गरिएका मेरै फोटो हुन्। यसरी माला पैरेर के मानिस भगवान बन्न सकिन्छ ? सुझाव पनि पाउँ!
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ कार्तिक २०८०, १२ : ४२
लेखकबाट थप