काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिएर सत्तापक्षमा बस्ने निर्णय गरेको छ। बुधबार बिहान प्रदेश पार्टी कार्यालयमा बसेको नेपाली काँग्रेस संसदीय दलको बैठकले विश्वासको मत दिएर सत्तापक्षमा बस्ने निर्णय गरेको हो।
केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको उपस्थितिमा बसेको बैठकले सो निर्णय गरेको हो । दलको बैठकमा संसदीय दलका नेता उद्धव थापाको राजीनामाको विषयमा पनि छलफल भएको थियो। तर कुनै निर्णय भएन । उनको राजीनामा स्वीकृत भएको छैन। शनिबार दलका नेता थापाले पदबाट राजीनामा दिएका थिए।
राजीनामा स्वीकृत नभएका कारण उनको अध्यक्षतामा बैठक बसेको हो। बैठक स्रोतका अनुसार केन्द्रीय सदस्य कार्कीले दलको नेतामा थापालाई नै निरन्तर दिने बताएका थिए। तर, दलको निर्णयपछि कार्यान्वयन गर्ने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ कार्तिक २०८०, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपत्ति निम्तिँदा कोशी प्रदेशका मुख्यमन्त्री काठमाडौंमा
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग
सवारी दुर्घटनाबाट क्षति न्यूनीकरणमा सरकार संवेदनशील छ: मुख्यमन्त्री कार्की
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन