काठमाडौं । चालु साताको कारोबारको तेस्रो दिदन बुधबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। बुधबार प्रि–ओपन सेसनमा ०.३४ अंक घटेर १८६४.२७ विन्दुमा झरेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेको छ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार १३.१८ अंक बढेर १८६४.६२ विन्दुमा बन्द भएको थियो । बुधबार प्रि-ओपन सेसनमा ८ स्टकको ६२ हजार ६६६ रुपैयाँ बराबरको १९० कित्ता सेयर किनबेच भएको छ । जसमध्ये १ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ कार्तिक २०८०, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामान्य अंकले बढ्यो नेप्से परिसूचक
२५४४ अंकमा झर्यो सेयर बजार
बढ्यो सेयर बजार
घट्यो सेयर बजार
३० अंकले घट्यो सेयर बजार
२५९६ अंकमा झर्यो सेयर बजार