महोत्तरी । नेकपा एमाले मधेश प्रदेश अधिबेशनको बैधतामाथी प्रश्न नै प्रश्न उठ्न थालेकाे छ ।
गत असोज २५ र २६ गते भएको अधिबेशनलाई लिएर पाटीभित्रैका जिम्मेवार नेताहरुले विधि र प्रक्रियाको विषयमा प्रश्न उठाएका हुन् ।
घोषणापत्र तयार गरेर गुपचुप राखेको, अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिववाहेक अन्य सदस्यहरुमा आफुखुसी गरेको जस्ता आरोप अहिले सतहमा देखिए पछि साे अधिवेसनकाे बैधानिकतामाथी प्रश्न उठाइएकाे हाे । जिम्मेवार नेता र सदस्यहरुले बैधतामाथी प्रश्न उठाएपछी मधेशमा एमालेभित्रको आन्तरिक विवाद छताछुल्ल भएको छ ।
`न प्रतिवेदन प्रस्तुत गरिएको छ, न आन्तरिक छलफलमा नेताहरुलाई सहभागी गराईएको छ,´ एक जना पुर्व मधेश प्रदेश कमिटी सदस्यले भने, `सबैजनालाई घर पठाई केही नेताहरु बसेर सदस्यहरु टुंग्याए रे भन्ने सुन्ने अवस्था देखा परेकाे छ ।'
पाटीभित्रका इमान्दार र जिम्मेवार नेताहरुलाई पाखा लगाई शिर्ष नेताहरुको नजिक र चाप्लुसी गर्नेलाई मात्रै कमिटीमा ल्याएको प्रदेशस्तरिय नेताहरुको आरोप छ । `यसले पाटीलाई बलियो वनाउनुको सट्टा थप कमजोर वनाउन सक्छ,´ अर्का नेताले भने, 'पाटीमा कुनै योगदान नै नभएकाहरुलाई सर्वसम्मतको नाम दिएर आफुखुसी गर्नुलाई कसरी मान्नु र ?´
तर अधिबेशनका मुख्य निर्वाचन अधिकृत टिकाध्वज खडकाले पाटीको विधि र प्रक्रियाअनुसार नै अधिबेशन सम्पन्न भएको दावी गरेका छन् ।
`अब नेताहरु धेरै भएको पाटीमा त्यो खाल्को केही असन्तुष्टिहरु आउनु स्वभाविक पनि हो,´ निर्वाचन अधिकृत खडकाले भने,` मनोनितको नाम वाहेक पाटीवाट सर्वसम्मत भएका सवैजनाको नाम टाँस गरिएको छ ।´ उनका अनुसार अहिले ५ जना पदाधिकारी सहित २३५ जना सदस्यलाई सर्वसम्मत निर्वाचित गरिएकाे छ । तर, ५ जना पदाधिकारी वाहेक सदस्यहरुमा सर्वसम्मत नभएको असन्तुष्ट नेताहरुको जिकिर छ ।
`बरु हामी निर्वाचन प्रणालीवाट गएको भए मान्थ्यौ तर नेताहरुका नजिक भएका आधारमा मुल्यांकन गर्नु त्यो गलत भयो,´ पाटीका अर्का पुर्व मधेश प्रदेश कमिटी सदस्यले भने, `पाटीका लागि नै रगत पसिना भिजाएका साथीहरुको लागी अन्याय भएको छ ।´
नवनिर्वाचित प्रदेश अध्यक्ष चण्डेश्वर मण्डलले भने एमालेभित्र देखिएको असन्तुष्टिलाई छिट्टै समाधान गर्ने बताएका छन । अधिबेशनमा सदस्य नाम छान्ने क्रममा पनि प्रत्येक जिल्लाका प्रतिनिधिहरुसगँ छुट्टाछुट्टै बैठक बसेर सर्वसम्मतमा नै टुंग्याएको वताउदै अध्यक्ष मण्डलले छुटेका साथीहरुलाई १० प्रतिशतमा समेटने बताए ।
`विधानअनुसार १० प्रतिशत मनोनित गर्न पाउने व्यवस्था छ,´ उनले भने, `यसवाट पनि केही असन्तुष्टीहरु समाप्त हुनेछन् । उनका अनुसार पाटीले अगाडी सारेको मिसन २०८४ अभियानबाट विचलित नहुने र उदेश्य प्राप्ति गरेर नै छाडने म्यान्डेट पाएकाले अबकाे ध्यान त्यतै लगिनेछ ।
उता, पुर्व उपाध्यक्ष रेवती पन्तले विधि र प्रक्रियाअनुसार नै अधिबेशन भएको वताउदै केही त्रुटी भएको हुनसक्ने वताए । `अब बिस्तारै असन्तुष्टि सेलाएर जान्छ अनि पाटी पुन: चलायमान हुनेछ,´ उनले भने । यद्दपी, पन्त पक्षधरहरुले भने पाटी कै कारण अख्तियारले अधिबेशनको अघिल्लो दिन मुद्दा दायर गरेको आरोप लगाएका छन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ कार्तिक २०८०, १० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक र लोकतान्त्रिक उपलब्धि रक्षाका लागि संवादमा आउन राजनीतिक दलहरूलाई एमालेको अपिल
भरतपुरमा एमाले पार्टी कार्यालयमा आगजनी
एमालेको केन्द्रीय कार्यालयमा आगजनी
एमाले मन्त्रीलाई राजीनामा नदिन प्रधानमन्त्रीको ह्विप
ओलीको झोले नबन्ने भन्दै एमाले छोड्नेको लर्काे
एमालेको भावी अध्यक्षमा ओली निर्विकल्प