संघीयताको कार्यान्वयन तीव्र गतिमा भएन : मुख्यमन्त्री शर्मा

सफल खबर संवाददाता

मंगलबार, ३० असोज २०८०, १५ : ५२
संघीयताको कार्यान्वयन तीव्र गतिमा भएन : मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संघीयताको कार्यान्वयन तीव्र नभएको बताएका छन् ।मंगलबार पत्रकारसँग दसैँको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै शर्माले संघीयता कार्यान्वयनमा जटिलताहरु रहेको बताएका हुन् ।  

 

संघीयता कार्यान्वयनमा केही अपुगताहरु रहेको बताउँदै शर्माले भने,‘ जुन तरिकाले संघीयता लागु हुनुपर्थ्यो त्यो अनुसार भएको छैन ।जनसंख्यालाई मात्र नभई भौगोलिकताका हिसाबले पनि हेर्नुपर्छ । विगतदेखिनै पछाडि पारिएको कर्णालीले क्षतिपूर्ति पाउनुपर्छ भनेर हामीले भन्दै आएका छौँ ।’ 

 

प्रशासनिक रुपमा पनि जटिलता रहेको उनको भनाइ छ । संघीयता लागु भएपश्चात प्रदेशमा कानुनहरु समेत आवश्यकता अनुसार बन्न नसकेको शर्माले बताए । कानुनी हिसाबले समेत आफूहरु कमजोर रहेको उनको भनाइ छ । 

 

‘कानुनहरु पनि संघीयताको स्पिड अनुसार बन्नसक्नुपथ्र्यो, त्यो अनुसार बनेनन्,’ उनले भने,‘ हाम्रा केही काम गर्ने सन्दर्भमा अफ्ठ्यारा, जटिलताहरु रहेका छन् ।’ समस्याको समाधान गर्नका लागि आफूहरु लागिरहेको र संघीय सरकारलाई झक्झक्याउने काम पनि भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस