रूपन्देही उद्योग संघको अध्यक्षमा दिलिप सापकोटा निर्वाचित

सफल खबर संवाददाता

मंगलबार, ३० असोज २०८०, १३ : २२
रूपन्देही उद्योग संघको अध्यक्षमा दिलिप सापकोटा निर्वाचित

बुटवल। रूपन्देही उद्योग संघको अध्यक्षमा दिलिप सापकोटा निर्वाचित भएका छन् ।संघको ४५ औं साधारणसभा तथा २३ औं अधिवेशनले सापकोटाको नेतृत्वमा मंगलवार नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद पराजुली, प्रथम उपाध्यक्षमा जीवकान्त काफ्ले, द्वितीय उपाध्यक्षमा हरिबहादुर खत्री र महासचिवमा हिरामणि भट्टराई निर्वाचित भएका छन् ।​​त्यस्तैगरी कोषाध्यक्षमा युवराज आचार्य, सचिवमा सुमन बस्याल, महिला सचिव मन्जु भुसाल र सह–कोषाध्यक्षमा विशाल बेल्वासे चयन भएका छन् ।

अध्यक्षलगायत अधिकांश पदमा निर्विरोध भए पनि केही पदहरूमा सोमवार निर्वाचन भएको निर्वाचन अधिकृत यमलाल खनालले जानकारी दिए ।अधिवेशनले २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।अधिवेशनको नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले उद्‌घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस