हवाई टिकटको मूल्य घटाउने सहमति

सफल खबर संवाददाता

सोमबार, २९ असोज २०८०, १९ : ५२
हवाई टिकटको मूल्य घटाउने सहमति

काठमाडौँ । दसैँका लागि आन्तरिक उडानका करिब शतप्रतिशत टिकट बुकिङ भइसकेको छ । तर, सोमबार पर्यटन मन्त्री सुदन किराती र व्यवसायीबीच महँगो वर्गको टिकट संख्या बिक्रीको प्रतिशत कम गरी कम मूल्य वर्गको टिकट बिक्री बढाउँदै जाने र बाहिरबाट फर्कने आन्तरिक उडानमा हवाई भाडादर घटाउँदै लैजाने सहमति भएको छ ।

यो सहमतिबाट यात्रुलाई खास फाइदा भने हुने छैन । किनभने दसैँमा घर जाने अधिकांश यात्रुले टिकट बुकिङ गरिसकेका छन् ।

चाडबाड सुरु भएर टिकटको माग बढेपछि आन्तरिक हवाई टिकटको मूल्य साविक भन्दा माथि जान्छ । दसैँको बेला सस्तो टिकट नपाएपछि यात्रुहरूले भाडा बढेको गुनासो गर्ने गरेका छन् ।

पछिल्लो केही दिनयता यस्तै गुनासो सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा बढेसँगै सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले हवाई व्यवसायीसँग छलफल डाकेका थिए ।

प्रतिक्रिया दिनुहोस