काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोशीका विषयमा छलफल गर्न उपसभापति र महामन्त्रीहरूलाई बोलाएका छन् । ४ बजे धुम्बाराहीस्थित निवासमा देउवाले बैठक राखेका हुन् ।
सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्री माओवादीलाई छुट्याउने निर्णय गरेपछि नेता डा.शेखर कोइराला पक्षले कोशीमा विद्रोह गरेको थियो । कोइराला निकट केदार कार्कीले एमालेको सहयोगमा मुख्यमन्त्री बनेका छन् ।
काँग्रेसका आठ जनाले विद्रोह गरी केन्द्रीय गठबन्धन विरुद्ध उत्रिएका थिए । नेता कोइरालाले पार्टीका पदाधिकारी माओवादीलाई मुख्यमन्त्री सुम्पिन तयार भएको भन्दै विरोध जनाउँदै आएका छन् ।
कार्की मुख्यमन्त्री बनेपछि उद्धव थापा संसदीय दलको नेता र हिमाल कार्कीले उपनेताबाट राजीनामा दिएका छन् । देउवाले बोलाएको बैठकमा उपसभापति धनराज गुरुङ भने अनुपस्थित रहने भएका छन् । इण्डोनेसिया भ्रमणमा रहेका उनी ३ कात्तिकमा फर्कने छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ असोज २०८०, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
कोशी प्रदेशसभाबाट आठ अध्यादेश सर्वसम्मतिले पारित
कोशी प्रदेशको बर्खे अधिवेशन जेठ ४ गतेदेखि हुने
कोशी प्रदेशमा गणतन्त्र दिवस ३ दिनसम्म मनाइने
कोशीमा जुन क्षेत्रमा लगानी गरे पनि वातावरण अनुकूल छ : प्रधानमन्त्री ओली
कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरु, पौने २ खर्बका ७१ परियोजना सोकेसमा