काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मूल दस्तावेज निर्माणका लागि सुझाव लिन आजदेखि दुई दिने ‘नीति मन्थन’ कार्यक्रम गर्ने भएको छ।
भोलिसम्म चल्ने नीति माथिको बहसका लागि सातवटा विषय छुट्याइएको छ। फरक फरक विषयका जानकारसँग पार्टीले विचार मन्थन गर्ने प्रवक्ता मुकुल ढकालले जानकारी दिए।
पहिलो दिनमा पाँच र दोस्रो दिनका लागि दुई विषय गरी बहसका लागि सात विषय छुट्याइएको छ। शासकीय व्यवस्था र समाजको बदलिँदो चरित्र पहिलो सत्रका लागि छुट्याइएको छ।
दोस्रो सत्रमा शिक्षा, नयाँ प्रविधि र युवा विषय रहने सो पार्टीले जनाएको छ। डा. नीति अर्याल, डा. सुरेश मानन्धर, बालकृष्ण जोशी, सन्तोष पाण्डे र प्रिया सिग्देललाई विषय विज्ञका रुपमा आमन्त्रण गरिएको छ।
आज पहिलो दिनको तेस्रो सत्रका लागि ‘भौतिक पूर्वाधार, वातावरण र जलवायु परिवर्तन’ विषय राखिएको छ।
डा. सङ्गीता सिंह, डा.अरविन्दकुमार मिश्र, डा.वसन्तराज अधिकारी, शिलशिला आचार्य र भूषण तुलाधर विषय विज्ञका रुपमा बोलाइएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ असोज २०८०, ०९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले तोक्यो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूको जिम्मेवारी ( सूचीसहित)
रास्वपाको दुई मापदण्ड : साहलाई तुरुन्त कारबाही, गुरुङमाथि मौनता
रास्वपाको सचिवालय पुनर्गठन, सदस्य संख्या १६ पुग्यो
रास्वपाले भूपदेव शाहलाई महामन्त्री बनाउने
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यी ९ एजेन्डा तय
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन सुरु गर्ने