काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मूल दस्तावेज निर्माणका लागि सुझाव लिन आजदेखि दुई दिने ‘नीति मन्थन’ कार्यक्रम गर्ने भएको छ।
भोलिसम्म चल्ने नीति माथिको बहसका लागि सातवटा विषय छुट्याइएको छ। फरक फरक विषयका जानकारसँग पार्टीले विचार मन्थन गर्ने प्रवक्ता मुकुल ढकालले जानकारी दिए।
पहिलो दिनमा पाँच र दोस्रो दिनका लागि दुई विषय गरी बहसका लागि सात विषय छुट्याइएको छ। शासकीय व्यवस्था र समाजको बदलिँदो चरित्र पहिलो सत्रका लागि छुट्याइएको छ।
दोस्रो सत्रमा शिक्षा, नयाँ प्रविधि र युवा विषय रहने सो पार्टीले जनाएको छ। डा. नीति अर्याल, डा. सुरेश मानन्धर, बालकृष्ण जोशी, सन्तोष पाण्डे र प्रिया सिग्देललाई विषय विज्ञका रुपमा आमन्त्रण गरिएको छ।
आज पहिलो दिनको तेस्रो सत्रका लागि ‘भौतिक पूर्वाधार, वातावरण र जलवायु परिवर्तन’ विषय राखिएको छ।
डा. सङ्गीता सिंह, डा.अरविन्दकुमार मिश्र, डा.वसन्तराज अधिकारी, शिलशिला आचार्य र भूषण तुलाधर विषय विज्ञका रुपमा बोलाइएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ असोज २०८०, ०९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खगेन्द्र कर्णलाई रास्वपाले बनायो समानुपातिक उम्मेदवार
रास्वपाको समानुपातिक सूचीमा राखिएकोप्रति डा. महेन्द्र लावतीको असहमति
रास्वपाद्वारा बालेन्द्र शाहसँगको ‘बृहत एकता’ सहमति केन्द्रीय समितिबाट अनुमोदन
बालेनको ब्यवस्थापनका लागि रास्वपाले विधानमा ‘वरिष्ठ नेता’को पद सिर्जना गर्ने
रास्वपाको समानुपातिकतर्फ ३८७ जना आकांक्षीको अन्तिम सूची सार्वजनिक
सरकारी टोलीद्वारा रास्वपा पार्टी कार्यालय अनुगमन