सुर्खेत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले वर्तमान गठबन्धनको सरकार कुनैपनि हालतमा नढल्ने दाबी गरेका छन् । आइतबार वीरेन्द्रनगरमा आयोजित समाजवादी जागरण अभियानको कार्यक्रममा बोल्दै उनले सरकार कसैले पनि ढाल्न नसक्ने बताए ।
उनले भने,'कसैले पनि चुरीफुरी धेरै नगर्नुहोस् । कोशी प्रदेशको विषयलाई लिएर गठबन्धन ढल्छ कि भन्ने लागेको छ भने त्यो भ्रम हो ।' अध्यक्ष पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले न्यायका आवाज बुलन्द गर्दै एकीकृत समाजवादी जनताको बीचमा आएको बताए । उनले जनताकै बीचमा रहेर समाजवादीलाई बलियो पार्टी बनाइने बताए ।
'नेपालमा भ्रष्टाचारी व्याप्त रहेको छ । हामीले भ्रष्टाचारविरुद्धको आवाज लिएर पनि जनताको बीचमा आएका छौँ,' उनले भने,'देशमा भइरहेका बेथितिको विरुद्धमा अभियान चलाउँदै समाजवादी पार्टीलाई जनताको पार्टीका रूपमा स्थापित गराइने छ ।'
अध्यक्ष नेपालले विभिन्न कालखण्डमा एमाले पार्टी निर्माण गरिएको बताए । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनेदेखि राजाको शासनलाई ढाल्न ठूलो संघर्ष गरेको स्मरण गर्दै उनले भने,'२०७४ मा दुई तिहाइको बहुमत आयो तर, जनताको भावना एमालेले बुझ्न सकेन । व्यक्तिगत अहंकारमा लागेर देशलाई दुर्घटनामा लाने काम भयो ।'
अध्यक्ष नेपालले ओलीले पार्टीलाई टुक्रा–टुक्रा बनाउने काम गरेको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ असोज २०८०, १६ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल
राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव
इतिहासका कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्नुपर्छ : माधव नेपाल