काठमाडौँ । दशैँको टिकाको दिनबाहेक अध्यागमन विभागमा पर्यटक भिसा शाखा र एजेन्सी शाखा खुलै रहने भएको छ । विभागले एक सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो ।
विभागका अनुसार सार्वजनिक बिदामध्ये टिकाको दिन अर्थात् ७ कात्तिकका दिन भने यी शाखा समेत बन्द रहने भएका छन् ।यसबाहेक अन्य बिदाका दिनमा बिहान ११ बजेदेखि १ बजेसम्म सेवा प्रवाह हुने भएको छ ।
यस्तै तिहारमा समेत भाइटिकाको दिन (२९ कात्तिक)मा मात्र पुरै कार्यालय बन्द हुने छ । अन्य दिनमा भने सार्वजनिक बिदामा समेत ११ बजेबाट १ बजेसम्म यी शाखा खुलै रहने विभागले जनाएको छ ।
यो पर्यटकीय मौसम हो । सोही कारण विभागले पर्यटकलाई दिने ट्राभल अनुमतिहरूका लागि शाखा खुलै राख्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ असोज २०८०, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निषेधित क्षेत्रमा विदेशी लैजाने एजेन्सीलाई ४० हजार जरिवाना
अध्यागमन विभागले ट्रेकिङ अनुमति अब पूर्णरूपमा अनलाइन प्रणालीमार्फत दिने
दसैँको दिनबाहेक अन्य दिन अध्यागमन विभागले सेवा जारी राख्ने
ठगी र ‘सेटिङ’ नियन्त्रणमा अध्यागमनको कडाइ