दशैंका लागि भोलिदेखि खसीबोका र च्याङ्ग्रा बिक्री वितरण गरिने

सफल खबर संवाददाता

आइतबार, २८ असोज २०८०, १३ : ५८
दशैंका लागि भोलिदेखि खसीबोका र च्याङ्ग्रा बिक्री वितरण गरिने

काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटले यो वर्ष दशैंका लागि खसीबोका र च्याङ्ग्रा भोलि(सोमबार)देखि बिक्री गर्ने तयारी गरेको छ। खसीबोका र च्याङ्ग्रा काठमाडौं आउने क्रममा रहेको लिमिटेडकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन्।

आज बेलुका आइपुगे भोलिबाटै बिक्री शुरु गर्ने सुवेदीले थाहाखबरलाई जानकारी दिइन्। उनका अनुसार यो वर्ष २ हजार खसीबोका र १ हजार वटा च्याङ्ग्रा मगाइएको छ।