आजदेखि उपत्यकामा दसैँको खसीबोका, कति पर्छ मूल्य ?

सफल खबर संवाददाता

आइतबार, २८ असोज २०८०, ०७ : ३५
आजदेखि उपत्यकामा दसैँको खसीबोका, कति पर्छ मूल्य ?

काठमाडौ । नेपालीको महान् पर्व विजयादशमी सुरु भएसँगै दसैँलाई  लक्षित  गरेर  आइतबारदेखि  व्यवसायीले  उपत्यकामा  खसीबोका  ल्याउने  भएका  छन्  ।  

सरकारी कम्पनी र निजी व्यवसायीले गाउँ गाउँमा गएर  खसीबोका  खरिद  गरेर  उपत्यकामा  ल्याएर  बिक्री गर्र्छन् ।

चौपाया खरिदबिक्री सेवा सङ्घका अध्यक्ष दीपक  थापाका  अनुसार  दसैँलाई  लक्षित  गरेर  घटस्थापनाको दिनदेखि खसीबोका आउन लागेका हुन् ।

सामान्य अवस्थामा करिब दुुई हजार खसीबोका भित्रिने गरेकामा आइतबारदेखि भने क्रमिक रूपमा बढ्दै जाने उनको भनाइ छ ।

उपत्यकामा फूूलपातीको दिनदेखि नवमीसम्म तीन दिन मात्र २० देखि २५ हजार खसीबोका बिक्री हुने उनको भनाइ छ । दसैँमा  उपत्यकामा  यो  वर्ष  ४५  देखि  ५०  हजार रुपियाँ मूल्य पर्ने खसीबोका र च्याङ्ग्रा गरेर खपत हुने व्यवसायीको अनुुमान छ ।