प्रहरी महानिरीक्षक कुँवर बेलायतबाट स्वदेश फिर्ता

सफल खबर संवाददाता

शनिबार, २७ असोज २०८०, १५ : ०९
प्रहरी महानिरीक्षक कुँवर बेलायतबाट स्वदेश फिर्ता

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर ६ दिने बेलायत भ्रमण पुरा गरी स्वदेश फर्किएका छन् ।  बेलायत सरकारको निमन्त्रणामा असोज २२ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको इन्ट्रिगेटेड प्रोग्राम फर स्ट्रेन्देनिङ सेक्यूरिटी एण्ड जस्टीस फेज टू कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका महानिरीक्षक कुँवर आज स्वदेश फर्किएका हुन् । 

प्रहरी महानिरीक्षक कुँवरसहितको ४ सदस्यीय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए । 

कार्यक्रम अवधिमा प्रहरी महानिरीक्षक कुँवर र नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूले मेट्रोपोलिटन पुलिस न्यू स्कटलैण्ड यार्डका डेपुटी एसिस्टेन्ट कमिस्नर वार्डलगायत विभिन्न अधिकारीसँग भेटघाट गरेका थिए । 

 

प्रतिक्रिया दिनुहोस