निर्वाचन सुरक्षा प्रभावकारी रूपमा सम्पन्न भएको भन्दै सशस्त्र प्रहरी महानिरीक्षकले दिए कर्मचारीलाई धन्यवाद

सफल खबर संवाददाता

सोमबार, २५ फागुन २०८२, १६ : १४
निर्वाचन सुरक्षा प्रभावकारी रूपमा सम्पन्न भएको भन्दै सशस्त्र प्रहरी महानिरीक्षकले दिए कर्मचारीलाई धन्यवाद

काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनमा खटिएका सशस्त्र प्रहरी बलका कर्मचारीहरूको योगदानप्रति सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले धन्यवाद व्यक्त गरेका छन्।

सोमबार सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनले विभागीय प्रमुखहरू, निर्वाचन अनुगमनमा परिचालित वरिष्ठ उपरीक्षक तथा उपरीक्षकहरूलाई प्रत्यक्ष रूपमा धन्यवाद दिएका हुन्।

साथै भर्चुअल माध्यमबाट सहभागी भएका सबै प्रदेशका बाहिनी पति, विभिन्न कार्यालय प्रमुख तथा सबै तहका सशस्त्र प्रहरी कर्मचारीहरूलाई पनि उनले आभार व्यक्त गरेका थिए।