काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेश सरकार गठनलाई लिएर आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले कोशी प्रदेशमा सरकार बनाउन कांग्रेस, एमाले र माओवादी मिलेको राम्रो हुन्छ भन्ने आफूहरुको निरन्तरको सुझाव थियो भन्ने बताएका छन् । उनले अहिले सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सहकार्यमा कोशीमा मुख्यमन्त्रीको नियुक्ती भएको स्पष्ट पारेका छन् ।
उनले अब अहिलेको व्यवस्था र अवस्थाका पक्षधर र यसको विपक्षमा रहेकाहरुबीच व्यापक ध्रुवीकरणको जरुरी रहेको पनि आवश्यकत्ता औंल्याएका छन् । उनले फेशबुकमा लेखेका छन्-
कोशी प्रदेशमा सरकार बनाउन कांग्रेस, एमाले, मावोवादी मिलेको राम्रो हुन्छ भन्ने हाम्रो निरन्तरको सुझाव थियो। अन्ततः घुमिफिरी त्यही बाटोबाट सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षको सहकार्यमा मुख्यमन्त्रीको नियुक्ति भएको छ।
अब यसरीनै अहिलेको व्यवस्था र अवस्थाका पक्षधरहरू एकातर्फ र विपक्षकाहरू अर्को तर्फ हुने ध्रुवीकरणलाई तीव्र पारौं !
हामी विपक्षमा …..
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ असोज २०८०, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजेन्द्र लिङ्देनको दाबी-‘काँग्रेस-एमालेले देश लुट्नलाई टेन्डर पारेजस्तो गर्दैछन्, मन्त्रीहरूको कमाउन प्रतिस्पर्धा छ’
राजेन्द्र लिङ्देनको प्रश्न : कहाँ छ प्रधानमन्त्रीको सुशासन आयोग ?
राजेन्द्र लिङ्देनद्वारा पार्टीका विभाग प्रमुखहरूसँग छलफल
जबर्जस्ती सदन चलाए बहिष्कार गर्छौँ : राजेन्द्र लिङ्देन
संसदको अवरोधबारे सभामुख घिमिरेद्वारा डीपी अर्याल र राजेन्द्र लिङ्देनसँग छलफल
राजावादीहरूसँग सरकार डरायो : राजेन्द्र लिङ्देन