फ्रान्स, पोर्चुगल र बेल्जियम युरोकपका लागि छानिए

एजेन्सी

शनिबार, २७ असोज २०८०, ०७ : ३५
फ्रान्स, पोर्चुगल र बेल्जियम युरोकपका लागि छानिए

एजेन्सी । फ्रान्स, पोर्चुगल र बेल्जियम आगामी वर्ष जर्मनीमा हुने युरोप फूटबलका लागि छानिएका छन् । 

शुक्रवार राति भएका खेलहरूमा जीत निकालेपछि यी तीन देश युरोकपका लागि छानिएका हुन् ।

दुई पटकको विजेता फ्रान्सले नेदरल्यान्ड्सलाई २–१ गोल अन्तरले हराउँदै जर्मनीको टिकट पक्का गरेको हो । फ्रान्सको जीतमा कप्तान केलियन एम्बाप्पेले दुवै गोल गरेका थिए । 

दुई पटकको विजेता फ्रान्सले नेदरल्यान्ड्सलाई २–१ गोल अन्तरले हराउँदै जर्मनीको टिकट पक्का गरेको हो । फ्रान्सको जीतमा कप्तान केलियन एम्बाप्पेले दुवै गोल गरेका थिए । 

नेदरल्यान्ड्सका लागि क्विलिनदेची हर्टम्यानले सान्त्वना गोल फर्काए ।

यस्तै अर्को खेलमा सन् २०१६ को विजेता पोर्चुगलले स्लोभाकियालाई ३–२ ले हराउँदै युरोकपको टिकट पक्का गरेको छ । पोर्चुगलको जीतमा कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा गोन्कालो रामोसले एक गोल गरे ।

स्लोभाकियाका लागि डेभिड हान्च्को र स्टानिस्लाभ लोबोत्काले एक गोल फर्काए । शुक्रवार राति नै भएको अर्को खेलमा अष्ट्रियामाथि ३–० ले हराउँदै बेल्जियम युरोकपमा छनोट भएको हो । बेल्जियमको जीतमा दोदी लुकेबाकियोले दुई तथा रोमेलु लुकाकुले एक गोल गरेका थिए ।

अष्ट्रियाका लागि कोनराड लेइमेर र मार्केल सबित्जेरले एक–एक गोल गरेका थिए । फ्रान्स समूह ‘बी’बाट चार खेलअघि नै छनोट भएको हो । यस्तै, समूह ‘जे’मा रहेको पोर्चुगलले पनि अझै तीन खेल खेल्न बाँकी छ ।

उता, समूह ‘एफ’मा रहेको बेल्जियम पनि चार खेलअघि नै जर्मनीका लागि योग्य भएको हो । 

यस्तो छ शुक्रवार राति भएका ७ खेलको नतिजाः यससँगै यी तीन राष्ट्र युरोकपमा छनोट हुने पहिलो टोली बनेका छन् । जर्मनीले भने आयोजकको रुपमा सिधै खेल्न पाउनेछ । अब १९ टोली छनोट हुन बाँकी छ । 

प्रतिक्रिया दिनुहोस