आज विश्व कप क्रिकेटमा बङ्लादेश र न्युजिल्यान्ड खेल्दै

सफल खबर संवाददाता

शुक्रबार, २६ असोज २०८०, १२ : १६
आज विश्व कप क्रिकेटमा बङ्लादेश र न्युजिल्यान्ड खेल्दै

काठमाडौं। आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज बङ्लादेश र न्युजिल्यान्ड खेल्दैछन् । यो खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे चेन्नईमा शुरु हुनेछ ।

न्युजिल्यान्ड दुई खेलमा ४ अङ्ककासाथ तालिकाको दोस्रो स्थानमा छ । बङ्लादेश दुई खेलमा दुई अङ्ककासाथ छैटौँ स्थानमा छ । न्युजिल्यान्डले पहिलो खेलमा इङ्ल्यान्डलाई ९ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ९९ रनले हराएको थियो ।

त्यस्तै, बङ्लादेशले पहिलो खेलमा अफगानिस्तानलाई ६ विकेटले हराएको थियो भने दोस्रो खेलमा इङ्ल्यान्डसँग एक सय ३७ रनले पराजित भएको थियो । हिजो भएको खेलमा अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

विश्वकप क्रिकेटमा भोलि आयोजक भारत र पाकिस्तानबीच अहमदाबादमा खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस