काठमाडौ । कोशी प्रदेशमा डा शेखर कोइराला पक्षले ‘विद्रोह’ गरेपछि संस्थापन पक्षको आह्वानमा कार्यसम्पादन समितिको बैठक बस्दै छ ।
कोशी कांग्रेसले शुक्रवार आवश्यक निर्णयको लागि भन्दै कार्यसम्पादन समितिको बैठक बोलाएको हो । सत्ता गठबन्धनको निर्णयविरुद्ध नेकपा (एमाले)सँग मिलेर केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि सभापति शेरबहादुर देउवा पक्षधर कांग्रेसले आकस्मिक रुपमा कार्यसम्पादन समितिको बैठक बेलाएको हो ।
गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई उम्मेदवार बनाउन संस्थापन कांग्रेसले सहमति गरेसँगै पार्टीमा विद्रोह जन्मिएको हो ।
आङ्बोलाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णयविपरीत कार्कीले शेखर पक्षका ८ सांसदसहित एमालेको समर्थनमा मुख्यमन्त्रीको दावी पेश गरेका हुन् । यसलाई लिएर बैठक बोलाइएको का कोशी कांग्रेसका महामन्त्री भुपेन्द्र राईले बताए ।
उनका अनुसार बैठक शुक्रवार विहान ११ बजेका लागि बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २६ असोज २०८०, ०७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)