काठमाडौ । कोशी प्रदेशमा डा शेखर कोइराला पक्षले ‘विद्रोह’ गरेपछि संस्थापन पक्षको आह्वानमा कार्यसम्पादन समितिको बैठक बस्दै छ ।
कोशी कांग्रेसले शुक्रवार आवश्यक निर्णयको लागि भन्दै कार्यसम्पादन समितिको बैठक बोलाएको हो । सत्ता गठबन्धनको निर्णयविरुद्ध नेकपा (एमाले)सँग मिलेर केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि सभापति शेरबहादुर देउवा पक्षधर कांग्रेसले आकस्मिक रुपमा कार्यसम्पादन समितिको बैठक बेलाएको हो ।
गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई उम्मेदवार बनाउन संस्थापन कांग्रेसले सहमति गरेसँगै पार्टीमा विद्रोह जन्मिएको हो ।
आङ्बोलाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णयविपरीत कार्कीले शेखर पक्षका ८ सांसदसहित एमालेको समर्थनमा मुख्यमन्त्रीको दावी पेश गरेका हुन् । यसलाई लिएर बैठक बोलाइएको का कोशी कांग्रेसका महामन्त्री भुपेन्द्र राईले बताए ।
उनका अनुसार बैठक शुक्रवार विहान ११ बजेका लागि बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २६ असोज २०८०, ०७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगमा काँग्रेसले बुझायो बन्द सूची
नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
निर्णय कार्यान्वयनका लागि ६ समितिलाई काँग्रेसको निर्देशन
राष्ट्रिय सभाको अधिवेशन बोलाउन माग गर्दै काँग्रेसले बुझायो ज्ञापन पत्र
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै