काठमाडौैं । इजरायलमा व्यवसायिक फुटबल खेलिरहेकी नेपाली फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ स्वदेश फर्किएकी छन् । उनी बुधबार राति काठमाडौँ आइपुगेकी हुन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले स्वागत गरे । इजरायलको हापोएल रानाना फुटबल क्लबमा अनुबन्धित सावित्रा युरोपेली लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।
इजरायलमाथि प्यालेस्टिनी विद्रोही समूह हमासले आक्रमण गरेपछि त्यहाँ घरेलु तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गरिएको छ । फुटबल गतिविधि बन्द भएपछि उनी नेपाल फर्किएकी हुन् ।
युरोपेली फुटबल महासंघ (युएफा) मातहतको इजरेली प्रिमियर लिग खेल्न उनी गत साउन १६ गते इजरायल उडेकी थिइन् । इजरायलमा गत शनिबार बिहान हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । केही विद्यार्थी घाइते भएका छन् । इजरायलमा जोखिमपूर्ण अवस्थामा रहेका नेपाली विद्यार्थीलाई स्वदेश ल्याउन सरकारले नेपाल एयरलाइन्सको जहाज पठाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ असोज २०८०, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
इजरायलले लेबनानमा ‘भीषण आक्रमण’,दक्षिण लेबनानका क्षेत्रहरू खाली गर्न आदेश
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का