काठमाडौं। इजरायलमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउनका लागि त्यसतर्फ गएको नेपाल एयरलाइन्सको विमान राति ९ बजे फर्किने भएको छ ।परराष्ट्रमन्त्री एनपी साउद कूटनीतिक समन्वयका लागि नेपाल एयरलाइन्सको विमानमा आज बिहान त्यसतर्फ प्रस्थान गरेका थिए ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले नेपाल फर्कन चाहनेहरूलाई लिन दुई सय ५० सिट क्षमता भएको विमान इजरायल गएको जानकारी दिइन् ।आतङ्कवादी समूह हमासले गत शनिवार गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने छ जना घाइते भएका थिए ।
एक जनाको अवस्था अझै अज्ञात छ ।इजरायलस्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहनेहरूको विवरण सङ्कलन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ असोज २०८०, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६७ वर्षे यात्रामा छटपटाइरहेको नेपाल एयरलाइन्स
हिजो रद्द भएको नेपाल एयरलाइन्सको दोहा उडान आज मध्यान्ह सञ्चालन हुने
नेपाल एयरलाइन्सको जहाजमा अचेत भेटिएका यात्रुको उपचारका क्रममा निधन
नेपाल एयरलाइन्सका पाइलटहरू काममा फर्किए
नेपाल एयरलाइन्सको मकालु विमानले सुरु गर्यो अन्तर्राष्ट्रिय उडान
नेपाल एयरलाइन्सका अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन