काठमाडौँ । एसीसी १९ वर्षमुनिको प्रिमियर कपमा नेपालले इरानलाई जितका लागि ३ सय ५४ रनको लक्ष्य दिएको छ । मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४० ओभर १ बलमा अलआउट भयो । नेपालका कप्तान देव खनालले शतक बनाए ।
देव नेपालबाट १९ वर्षमुनिको क्रिकेटमा दुई शतक हान्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन् । दीपकप्रसाद डुम्रेले ६९ तथा दीपक बोहोराले ६५ रन जोडे । इरानका सलमान नियाजमन्द र दद्राहमन रइसीले समान तीन/तीन विकेट लिए । इरानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
मलेसियामा आजदेखि शुरु भएको प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसलाई चार समूहमा विभाजन गरिएको छ । शीर्ष तीन टोलीले आउँदो डिसेम्बरमा पाकिस्तानमा हुने १९ वर्षमुनिको एसिया कप खेल्न पाउनेछन् ।
भारत, पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान र श्रीलङ्का भने एसिया कपमा सोझै छनोट भएका छन् । समूह ‘ए’ मा–नेपाल, बहराइन, साउदी अरेबिया र इरान रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा– यूएई, ओमान, कतार र चीन रहेका छन् । समूह ‘सी’ मा–सिङ्गापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स तथा समूह ‘डी’ मा–हङकङ, मलेसिया जापान र इन्डोनेसिया रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २५ असोज २०८०, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलसँगको युद्धपछि पहिलोपटक सार्वजनिक रूपमा देखिए इरानका सर्वोच्च नेता
इरानद्वारा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्वन
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
इरानका सर्वोच्च नेताले भने- अमेरिकी आक्रमणले आणविक केन्द्र बिग्रिएको छैन
इरानबाट ६ नेपाली दिल्ली हुँदै नेपाल फर्किए
इजरायली आक्रमणमा परि इरानमा हालसम्म ६०६ जनाको मृत्यु