काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ सय १० ग्राम सुनसहित एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले जानकारी दिए ।
उनका अनुसार मलेसियन एयरलाइन्समार्फत सोमवार काठमाडौं आएका धामीले टीभीको भित्रपट्टी लुकाईछिपाई ल्याएको उक्त सुन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो ।उक्त विषयमा आवश्यक अनुसन्धान शुरू भएको डा पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ असोज २०८०, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ
मन्जुरीविना बिहे गराइदिएको आरोपमा एकजना पक्राउ
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ
कालीमाटी र बल्खुबाट ३५ जना बिचौलिया पक्राउ
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ