सुन्धाराको होटलमा युवती मृत फेला

सफल खबर संवाददाता

मंगलबार, २३ असोज २०८०, १३ : ४९
सुन्धाराको होटलमा युवती मृत फेला

काठमाडौं। काठमाडौंको सुन्धारास्थित एक होटलमा युवती मृत फेला परेकी छिन् ।​सुन्धाराको होटल श्री गुरुङमा केही दिनदेखि बस्दै आएकी इमाडोलकी भूमिका राउत मृत फेला परेकी हुन् ।प्रेमीसँगै होटलमा बस्दै आएकी उनी सोमवार मृत फेला परेकी काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमुद ढुङ्गेलले जानकारी दिए ।

 

प्रवक्ता ढुङ्गेलका अनुसार राउतका प्रेमी आइतवार बिहान होटलमा तिर्नका लागि पैसा लिन गएको र सोमवार बिहान आउँदा कोठा भित्रबाट चुक्कल लगाएको अवस्थामा उनी मृत भेटिएकी थिइन् ।प्रहरीका अनुसार उनको कोठाबाट विषको बोतलसमेत फेला परेको छ ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस