काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–३ स्थित बुढानीलकण्ठ मन्दिर नजिकैबाट प्रहरीले खैरो हेरोइन सहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१२ घर भएका २० वर्षीय सन्दीप भन्ने समीर राई छन् ।
आरोपीको साथबाट ८ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । समीर बुढानीलकण्ठ नगरपालिका–५ स्थित विष्णुमतीमा बस्छन् । घटनाबारे प्रहरी प्रभाग बुढानीलकण्ठले अनुसन्धान गरिरहेको छ ।
समीरको बयानको आधारमा लागूऔषध ओसारपसारमा संलग्न दुईजनालाई प्रहरीले सोधपुछका लागी नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ असोज २०८०, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ
मन्जुरीविना बिहे गराइदिएको आरोपमा एकजना पक्राउ
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ
कालीमाटी र बल्खुबाट ३५ जना बिचौलिया पक्राउ
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ