अरिङ्गालले टोकेर एकै परिवारका दुई बालिकाको मृत्यु, हजुरआमा घाइते

सफल खबर संवाददाता

मंगलबार, २३ असोज २०८०, १० : ००
अरिङ्गालले टोकेर एकै परिवारका दुई बालिकाको मृत्यु, हजुरआमा घाइते

काठमाडौ । जाजरकोटको कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता छन् ।  

घाइते निर्जलाको उपचार गर्न छेडागाड नगरपालिकाको थलह स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा सोमबार बाटोमै मृत्यु भएको टालेगाउँ स्वास्थ्यचौकीका प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिए । यस्तै सुस्मिताको आइतबार बेलुकी नै मृत्यु भएको थियो । 

बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंहसमेत अरिङ्गालले टोकेर घाइते भएको प्रमुख बस्नेत बताए । 

उनीहरूलाई गाईगोरु लिएर धाउनीस्थित खेतमा काम गर्न जाँदा अरिङ्गालले टोकेको थियो । 

अरिङ्गालले टोकेपछि तत्काल स्वास्थ्यकर्मीलाई खबर नगर्दा बालिकाको मृत्यु भएको प्रमुख बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस