राजस्व विभागले गर्‍याे २२८ कर अधिकृतको सरुवा

सफल खबर संवाददाता

सोमबार, २२ असोज २०८०, १४ : ३४
राजस्व विभागले गर्‍याे २२८ कर अधिकृतको सरुवा

काठमाडौँ। आन्तरिक राजस्व विभागले दुई सय २८ जना अधिकृतको सरुवा गरेको छ । केहीदिन अघि मन्त्रालयबाट विभाग सरुवा गरिएका कर अधिकृत र शाखा अधिकृतहरूलाई मातहतका निकायमा खटाएको हो । 

निर्णय भएको निकै लामो समयपछि मात्र पत्र तयार गरेको विभागले ठुलै कसरतले कर अधिकृतहरूलाई अदलबदल गरेको छ । अनेकतिरका सुचीहरू समावेश गरी मन्त्रालयको अन्तिम ‘एग्रिमो’पछि विभागका महानिर्देशक दीर्घ मैनालीले सरुवालाई अन्तिम रूप दिएका हुन् । 

मिलाउने क्रममा ‘गोलमाल’समेत गरिएका कतिपय अधिकृतहरु यो सरुवाबाट असन्तुष्ट बनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस