एजेन्सी । संगीत प्रेमीहरू विगत केही सातादेखि सुपरनोभा संगीत महोत्सवको प्रतीक्षामा थिए। यो शनिबार दक्षिणी इजरायलको मरुभूमिमा आयोजना गरिएको थियो।जब चरमपन्थी समूह हमासले शनिबार इजरायलमा आक्रमण गरे, सुपरनोभा संगीत महोत्सव उनीहरूको प्रारम्भिक लक्ष्यहरू मध्ये एक थियो।
इजरायलको उद्धार एजेन्सी जाकाका अनुसार यस ठाउँमा मात्रै हमासको आक्रमणमा हालसम्म २६० जनाको मृत्यु भएको पुष्टि भएको छ ।हमासको आक्रमणको सार्वजनिक भएको भिडियोमध्ये एउटा भिडियो थियो जसमा मानिसहरू मरुभूमिमा दौडिरहेका छन्, यो भाइरल भिडियो यही संगीत महोत्सवको हो।
घटनाका एक प्रत्यक्षदर्शीले भने कि केहि गडबड भएको पहिलो संकेत बिहान सबेरै साइरन बज्दा रकेटको चेतावनी दिए। उनले भने, ‘कसैले केही बुझ्नुअघि नै उनीहरुले बिजुली काटिदिए र एक्कासी कतैबाट (अतिवादी) गोली लिएर आएर चारैतिर गोली चलाउन थाले ।
मानिसहरु भाग्न खोजे, कोही भागे र कोही भागेर आ–आफ्नो कारमा बसे तर जीपमा आएका बन्दुकधारीले गाडीमा गोली चलाउन थाले र दौडिरहेका मानिसलाई समेत गोली हाने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ असोज २०८०, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
इजरायलले लेबनानमा ‘भीषण आक्रमण’,दक्षिण लेबनानका क्षेत्रहरू खाली गर्न आदेश
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का