एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनमा भीम रावललाई निषेध

सफल खबर संवाददाता

आइतबार, २१ असोज २०८०, १२ : ५८
एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनमा भीम रावललाई निषेध

काठमाडौँ । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशन आइतबारबाट सुरु हुँदैछ । अधिवेशन उद्घाटनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायतका नेता धनगढी पुगिसकेका छन् । 

तर सुदूरपश्चिमका प्रभावशाली नेता तथा एमालेका पूर्व उपाध्यक्ष समेत रहेका नेता भीम रावल भने आफ्नै गृह प्रदेशको अधिवेशनमा पनि अनुपस्थित भएका छन् । 

 

अधिवेशनमा आमन्त्रण नगरेकाले आफू अधिवेशनमा सहभागी नभएको रावलले बताए । ‘म गृह जिल्ला अछाममै छु’, रावलले भने, ‘मलाई अधिवेशनबारे कसैले जानकारी गराएको छैन । कुनै जानकारी नै नभई जाने कुरा भएन’,रावलले  भने । 

 

गत निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि रावल एमालेको राजनीतिमा सक्रिय छैनन् । गत साउन अन्तिम साता एमाले अध्यक्ष ओली र रावलबीच कुराकानी भए पनि एमालेले उनलाई पार्टीको जिम्मेवारी दिएको छैन ।

प्रतिक्रिया दिनुहोस