जेरुसेलम । इजरायली आपतकालीन सेवाहरूका अनुसार हमासको पछिल्लो रकेट आक्रमणमा कम्तीमा २२ इजरायली मारिएका छन्। अस्पतालमा सयौंको उपचार भइरहेको छ । इजरायलको स्वास्थ्य मन्त्रालयले कम्तीमा ५४५ जना घाइते भएको जनाएको छ ।
चरमपन्थी संगठन हमासले आइतबार बिहान इजरायलमा आकाशदेखि जमिनसम्म आक्रमण गरेको छ । हमासले इजरायलमा सात हजारभन्दा बढी रकेट प्रहार गरेको दाबी गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो युद्ध भएको र शत्रुहरूले यसको ठूलो मूल्य चुकाउनु पर्ने बताएका छन् ।
इजरायली नागरिकहरूलाई सम्बोधन गर्दै नेतान्याहुले भने, ‘इजरायलका नागरिकहरू, यो युद्ध हो, अभियान वा उक्साहट होइन, युद्ध हो। आज बिहान हमासले इजरायल राज्य र यसका नागरिकहरूविरुद्ध घातक आक्रमण गरेको छ।
हामीले बिहानैदेखि यसको सामना गरिरहेका छौँ। मैले सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर पहिले घुसपैठ गर्ने आतंककारीहरूलाई सफाया गर्न निर्देशन दिएँ। यो कारबाही अझै जारी छ।’समाचार एजेन्सी रोयटर्सका अनुसार प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले आफ्ना जनतालाई आफ्नो रक्षा गर्ने अधिकार रहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० असोज २०८०, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का
इजरायलमा इरानी हमला : ८८ घाइते, संकटकाल घोषणा
इरानी आक्रमण : सुरक्षा व्यवस्था मजबुत बनाउने इजरायली प्रधानमन्त्री नेतन्याहूको घोषणा