ललितपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब मुलुकलाई बचाउने र बनाउने हो भने निर्णायक आन्दोलनको तयारीमा जुट्नुपर्नेमा जोड दिएका छन् । आज पार्टीको ललितपुर जिल्ला कार्य समितीद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले ०६२÷६३ को परिबर्तन पछि मुलुकमा लागू गरिएको ‘रोडम्याप’ले मुलुकलाई गति दिन नसकिने दाबी गरेका छन् ।
अब राजा सहितको प्रजातन्त्र, सर्ब धर्म समभाब र पुर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु अधिराज्य र सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली आबश्यक रहेको जिकिर गर्दै थापाले मुलुकमा कायम भ्रष्टाचार, बेथिति, धर्म परिबर्तन र कुशासनको अन्त्यको लागि आन्दोलनमा जोड दिए । संगठन निर्माण सङ्गै आन्दोलनको ब्यापक तयारीमा जुट्न समेत थापाले आग्रह गरेका छन् ।
मुलुकमा रहेको ब्रम्हलुटको अन्त्य र प्रमुख दलका केही प्रमुख नेताहरुको सेण्टिगेटले मुलुकलाई बन्धक बनाएको समेत आरोप लगाए । कार्यक्रममा महामन्त्री भाष्कर भद्रा, जिल्ला अध्यक्ष सुदर्शन केसीलगायत भातृ संगठनका प्रमुखहरुले मन्तव्य ब्यक्त गरेका थिए ।
कार्यक्रमबाट आगामी असोज २७ गते राप्रपा नेपाल ललितपुरको आयोजनामा लगनखेलमा सभा गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० असोज २०८०, १५ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारियो : कमल थापा
विपिनका बुवाआमालाई संयुक्त राष्ट्रसङ्घ लैजानु प्रत्युत्पादक हुन सक्छ : कमल थापा
बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु अनुचित : कमल थापा
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा
पत्रकार पाठकलाई पक्राउ पुर्जीप्रति कमल थापाको आपत्ति
'न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ' : कमल थापा