यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्डको मूल्य अब ३ लाख ७९ हजार ९ सय मात्र

सफल खबर संवाददाता

शनिबार, २० असोज २०८०, १२ : ३४
यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्डको मूल्य अब ३ लाख ७९ हजार ९ सय मात्र

काठमाडौं। नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको एकमात्र वितरक एमएडब्लू इन्टरप्राइजेजले यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड नयाँ मूल्यमा बजारमा प्रस्तुत गरेको छ। जसको नयाँ मूल्य ३ लाख ७९ हजार ९ सय मात्रै रहेको कम्पनीले जनाएको छ ।

 

यो मोटरसाइकल यामाहा प्लेटफर्ममा निर्वाध रूपमा तीनवटा मुख्य विशेषताहरू प्रदर्शन गर्दै जोडिएको छ । जसमा ट्राइड, टेस्टेड र ट्रस्टेड एफआई इन्जिन, नवीनतम डबल डिस्क र उन्नत बीएस ६ इन्जिन टेक्नोलोजी रहेका छन् ।

 

‘एफजेड एफआई भीथ्री स्ट्यान्डर्डले कार्यसम्पादनका मापदण्डहरू मात्र पुनस्परिभाषित गर्दैन बरू कुनै पनि सुविधाहरूमा सम्झौता नगरी किफायतीपनलाई आफ्नो शीर्ष प्राथमिकतामा राख्छ ।‘ कम्पनीले भनेको छ ।यो मोटरसाइकल कालो र नीलो आकर्षक नयाँ रङहरूमा उपलब्ध छ ।

 

एक बलियो १४९ सीसी एयर-कूल्ड फोर-स्ट्रोक सिंगल-सिलिन्डर ब्लूकोर इन्जिनद्वारा संचालित र सावधानीपूर्वक परिष्कृत यसले असाधारण मध्यम रेन्जको पावर र उल्लेखनीय रूपमा मुलायम प्रवेग उत्पन्न गराउने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार यो इन्धन इन्जेक्टेड इन्जिन शक्तिशाली मात्र नभई अति प्रभावकारी पनि छ । जसले औसत ४५-५० किलोमिटर प्रति लिटरको माइलेज प्रदान गर्दछ ।

ट्याकोमिटर, ओडोमिटर, सिंगल ट्रिप मिटर, फ्युल इन्डिकेटर, स्पीडोमिटर र इको ल्याम्प सहितको सूचनात्मक डिजिटल मिटरसहित राइडर केन्द्रित टेक्नोलोजीहरूले सजिएको मोटरसाइकलले सूचित र आकर्षक सवारी अनुभवको सुनिश्चितता प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यसका सस्पेन्सन ड्युटीहरु अगाडि ४१ एमएम टेलिस्कोपिक सस्पेन्सन र पछाडि ७ स्टेप एडजस्टेबल मोनोक्रस सस्पेन्सन सेटअपद्वारा कुशलतापूर्वक व्यवस्थित गरिएको छ । जसले आरामदायी र नियन्त्रित सवारीको ग्यारेन्टी दिने यामाहाको दाबी छ ।

प्रतिक्रिया दिनुहोस