६१ किलो सुन तस्करी प्रकरण : पुर्पक्षमा गएका २५ जनामध्ये को कुन जेलमा ? [सूचीसहित]

सफल खबर संवाददाता

शनिबार, २० असोज २०८०, १२ : ०३
६१ किलो सुन तस्करी प्रकरण : पुर्पक्षमा गएका २५ जनामध्ये को कुन जेलमा ? [सूचीसहित]

काठमाडौं। करिब ६१ किलोग्राम सुन तस्करी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पूर्पक्षका लागि पठाएका २५ जनालाई केन्द्रीय कारागारमा राखिएको छ ।२५ जनामध्ये चिनियाँ नागरिक र बेल्जियम नागरिकहरू एलेक्स भन्ने याओ पुचेङ, ली वाङ थेसुनङ, लीन जीवाङ, साओतेन भन्ने डिङ् सेनफुङ, याङ्ग वाङ, टाँसी भन्ने थुप्तेन छिरिङ, दावा छिरिङ, रोजर भन्ने ली नेङ्काल, गणेश प्रसाद पौडेल, विरेन्द्र नेपाली, किशोर बस्नेत र कुमार ढकाललाई भद्र बन्दी गृह अर्थात् जेलमा राखिएको छ ।

यस्तै केन्द्र बन्दी गृहमा कृष्णकुमार श्रेष्ठ, पुष्करराज भट्ट, यादव पराजुली, राजेन्द्र कुमार राई, रामकुमार भुजेल, शिवकुमार सर्राफ, सन्तोष चन्द, सरोज श्रेष्ठ, सुदर्शन गौतम, सुमन खरेल, हर्कराज, राई र दिलिप भुजेललाई राखिएको कारागार प्रशासन स्रोतले जनाएको छ । यस्तै महिला सुधार गृहमा मी टीयानलाई राखिएको छ । 

राजश्व अनुसन्धान विभागले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट पास भएको ६०.७१६ किलोग्रम सुन बरामद गरेको थियो । राजश्व अनुसन्धानले १९ दिन अनुसन्धान गरेपछि सीआईबीलाई हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस