काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली राजनीतिमा एमालेको प्रतिस्पर्धी नै नभएको बताएका छन् । काठमाडौँमा एमाले उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विपक्षीहरुले एमालेमाथि षड्यन्त्र गरिरहेपनि ति षडयन्त्रलाई असफल पार्ने दावी गरे ।
‘आजका हाम्रा विपक्षीहरुले बुझ्नुपर्दछ । द्रव्य शाहको तरिकाका षडयन्त्रहरु आज सफल हुदैनन्’, ओलीले भने, ‘आज प्रतिस्पर्धाबाटै श्रेष्ठता कायम गर्नुपर्छ ।’ पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले एमाले कार्यकर्ताहरुलाई पनि प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्न निर्देशन दिए ।
उनले भने, ‘प्रतिस्पर्धाबाट श्रेष्ठता कायम गर्न हाम्रा साथीहरु पनि तयार हुनुपर्छ । त्यसका लागि कार्यक्षमताको अभिवृद्धि र सक्रियता बढाउनुुस् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ असोज २०८०, १६ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शंकर पोखरेल र विष्णु पौडेल ‘लोभीपापी’ भए : केपी ओली
केपी ओलीको बोलीले फेरि एमालेमा छटपटी
केपी ओलीको सचिवालय प्रमुखमा निरुदेवी पाल
पार्टीभित्रै तीन तहको दबाबमा ओली, दुई दिन पछि धकेलियो सचिवालय बैठक
‘सबैको अन्तरमनमा करुणाको दीप बलोस्’ : केपी ओली
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता