मुल्यवृद्धिले सीमा नाघेको भन्दै रघुजीले सुनाए संसद्मा कविता

सफल खबर संवाददाता

शुक्रबार, १९ असोज २०८०, ११ : ४७
मुल्यवृद्धिले सीमा नाघेको भन्दै रघुजीले सुनाए संसद्मा कविता

काठमाडौं। नेकपा एमालेका सांसद रघुजी पन्तले सरकराले चाडपर्वको बेलाामा उपभोक्तालाई राहत हुनेगरी मुल्यवृद्धि नियन्त्रण गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद पन्तले मुल्यवृद्धिले उपभोक्तालाई परेको असरबारे कवितामार्फत नै सरकारलाई प्रश्न गरेका छन् । उनले सरकार गरिवको दशै यसपाली कसरी टर्छ ? भन्दै प्रश्नसमेत गरेका छन् ।

यस्तो छ सांसद पन्तले संसद्मा सुनाएको कविताको अंश

खल्तिमा तलव हालेर हिड्यो बजार
चामलको बोराको भाउले नाघ्यो तीन हजार
रहर दाल किलोको २ सय ५०
बजार भाउ सुन्दा उड्छ होस हवास
सरकारले भाउनै नसोध्नु भनेझै गर्छ
गोलभेडाले के किन्लास र तैले! भनेर आँखा तर्छ
दशै पेस्की आउने कैले कैले ?
पेस्कीमा महंगी आयो । सरकराका घरमा उज्याला होलान्
नहुनेका घरमा अहिले नै अध्यारो छायो ।
आउन लागेको दशैं सम्झिएर जनता मुर्छा पर्छन
सरकार गरिवको दशै यसपाली कसरी टर्छ ?
मेरो प्रश्न छ जवाफ देउ सरकार
जनताको चुलो कसरी बल्छ

 

 

प्रतिक्रिया दिनुहोस