काठमाडौं। काठमाडौंको भद्रकालीमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालक एक महिलाको ज्यान गएको छ । ठक्करबाट काठमाडौं चाहाचल बस्ने ३२ वर्षकी चालक आकृति शर्माको मृत्यु भएको हो ।
बिहीबार साँझ साढे ७ बजे भद्रकाली नजिक सभागृह मोडमा आर्मीका चालक हुद्धा महोमद नुरेन देवानले चलाएको प्र ३-०१-००१ ग ३६०५ नम्बरको ७.५ ट्रकले स्कुटरलाई ठक्कर दिएको हो ।
बाप्र-०२-०१८ प ९२७७ नम्बरको स्कुटर ट्रकसँग ठोक्किँदा घाइते भएकी शर्मालाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा ८ बजे चिकित्सके मृत घोषणा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ असोज २०८०, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साउनयता नौ गैँडाको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु