काठमाडौ । काठमाडौंमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालक युवतीको मृत्यु भएको छ।
गएराति साढे सात बजे भद्रकाली मोडमा सेनाको ट्रकले ठक्कर दिँदा काठमाडौँ महानगरपालिका–१३ ताहचल घर भएकी ३२ वर्षीया आकृति शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बागमती प्रदेश ०२ ०१८ प ९२७७ नम्बरको स्कुटरमा सवा शर्मालाई सेनाको प्र.३०१–००१ ग ३७०५ नम्बरको ट्रकले ठक्कर दिएको हो।
दुर्घटनापछि ट्रक चालक नेपाली सेनाका हवल्दार मोहम्मद नुर रयानदेबानलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ असोज २०८०, ०६ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु