इंग्ल्यान्डद्वारा न्युजिल्यान्डलाई २८३ रनको लक्ष्य

सफल खबर संवाददाता

विहीबार, १८ असोज २०८०, २० : ०५
इंग्ल्यान्डद्वारा न्युजिल्यान्डलाई २८३ रनको लक्ष्य

काठमाडौँ । बिहीबारबाट सुरु भएको एकदिवसीय विश्वकपको आफ्नो पहिलो खेलमा साविक च्याम्पियन इंग्ल्यान्डले न्युजिल्यान्डलाई जितका लागि २ सय ८३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८२ रन बनाएको हो।

इंग्ल्यान्डका लागि जो रुटले सर्वाधिक ७७ रन बनाउँदा जोस बटलरले ४३ रनको इनिङ खेले। त्यस्तै, जोनी बेयरिस्टोले ३३ रन बनाउँदा ह्यारी ब्रुक्सले २५ रन बनाए। उसका लागि डेभिड मलानले १४ रन बनाउँदा मोइन अलीले ११ रन बनाएका थिए।

थप दोहोरो रनको स्कोरका रुपमा लियम लिभिङस्टोनले २० रन, साम करनले १४ तथा क्रिस वोक्सले ११ रन बनाएका थिए। मार्क उड १३ र अदिल रसिद १५ रनमा अविजित रहे।

न्युजिल्यान्डका लागि म्याट हेनरीले ३ विकेट लिँदा ग्लेन फिलिप्स र मिचेल स्यान्टनरले समान २-२ विकेट लिए।

प्रतिक्रिया दिनुहोस