काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले धार्मिक ग्रन्थको अध्ययन र श्रवणले व्यक्तिको असल आचरण, शील, स्वभाव र चरित्र निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
गायिका लोचन भट्टराईको सङ्गीत तथा स्वरमा रहेको ‘भानुभक्त रामायणको गीति सङ्ग्रह’को आज यहाँ विमोचन गर्दै उनले रामायणको श्रवणबाट व्यक्तिलाई आफ्नो कर्तव्यको निष्ठापूर्वक निर्वाह गर्न उत्प्रेरित गर्ने बताए ।
उपराष्ट्रपति यादवले राम कथा साहित्यमा वाल्मीकीय रामायणपछि अध्यात्म रामायणको स्थान रहेको उल्लेख गर्दै नेपाली साहित्यमा भने अध्यात्म रामायणले नै प्रमुख स्थान ओगटेको बताए । “भानुभक्तले रामायणमा केही मौलिकता थप्दै सामान्य नेपाली जन-जीवनमा भिज्न सक्ने गरी सरल भाषा शैलीमा प्रस्तुत गरेका छन्”, उनले भने, “संस्कृतबाट अनुवाद गरिए पनि यो ग्रन्थ पाठ गर्दा मौलिक ग्रन्थ पढे जस्तो अनुभव हुने गर्दछ । मूल रामायणको घटना तथा विषयको अनुवादमा भानुभक्तले प्रयोग गरे भाषाको सरलता, लालित्य तथा माधुर्यताका कारण यो नेपाली भाषी माझ अत्यन्तै लोकप्रिय भएको हो ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ असोज २०८०, २० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिबाट कार्य सम्पादन गर्नेगरी जिम्मेवारी
समावेशी सिद्धान्तमा आधारित समाज निर्माण गर्ने सङ्कल्प गरौँ : उपराष्ट्रपति
भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति रोड्रिगेजलाई
उपराष्ट्रपति यादव युएईको स्वागत समारोहमा सहभागी
भियतनामका उपराष्ट्रपति आज नेपाल आउँदै
जलवायु परिवर्तनका चुनौतीको समयमै समाधान गरौँ : उपराष्ट्रपति यादव